अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

श्रीलङ्काले अर्को महिनादेखि इन्धनमा साप्ताहिक कोटा छुट्याउने

बिआरटीनेपाल २०७९ जेठ २९ गते ७:०६ मा प्रकाशित

श्रीलङ्काले अर्को महिनादेखि इन्धनमा साप्ताहिक कोटा छुट्याउने भएको छ । विदेशी मुद्रा अभावका कारण पेट्रोलियम पदार्थ आयात गर्न नसकिरहेको श्रीलङ्काले इन्धनको आयातलाई नियन्त्रण गर्नका लागि साप्ताहिक कोटा निर्धारण गर्न लागेको श्रीलङ्काका ऊर्जामन्त्री कंचना विजयशेखरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । विद्युत र खाना पकाउने ग्यासको अभावका कारण अहिले श्रीलङ्कामा पेट्रोलियम पदार्थको माग अत्यधिक बढेको छ । सीमित पम्पबाट उपलब्ध गराइएको पेट्रोलियम पदार्थ किन्न मानिसहरू घण्टौँ लाइन बस्ने गरेका छन् ।

अब सबै ग्राहकको नाम पेट्रोल पम्पमा दर्ता गरेर साप्ताहिक कोटाअनुसार मात्रै उपलब्ध गराइने र कस्ता ग्राहकलाई कति उपलब्ध गराउने भन्नेबारे छलफल भइरहेको मन्त्री विजयशेखरले बताउनुभएको छ । उहाँले अब देशको आर्थिक अवस्था सुधारिएर सही ठाउँमा नआएसम्म इन्धनमा साप्ताहिक कोटा कायम रहने पनि बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । आर्थिक सङ्कटका कारण श्रीलङ्कामा इन्धन, खाद्यन्न तथा औषधिको अभाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू