अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

युक्रेनको सिभरोदोनेत्स्क शहरमा रुसको भीषण आक्रमण

बिआरटीनेपाल २०७९ जेठ २९ गते ७:०१ मा प्रकाशित

रुसले युक्रेनको पूर्वी शहर सिभरोदोनेत्स्क शहरमा भीषण आक्रमण जारी राखेको छ ।डोनवास क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने प्रयासमा रहेको रुसी फौजले उक्त शहरमा चौतर्फी आक्रमण गरेपछि ज्यान जोगाउन भागेका सर्वसाधारण अजोत रासायनिक कारखानामा प्रवेश गरेका छन् । रुसी सेनाले भने उक्त कारखानामा पनि बम आक्रमण गरेको र कारखानामा आगो लागेको बताइएको छ ।

उक्त कारखानाभित्र कम्तिमा ८ सय जना सर्वसाधारण फसेको र रुसी फौजले उनीहरूलाई बाहिर निस्कन नदिएको युक्रेनी अधिकारीहरूले बताएका छन् । सिभरोदोनेत्स्क शहरको अधिकांश भू-भाग नियन्त्रणमा लिएको रुसी फौजले नजिकै रहेको अर्को शहर स्लोभियान्स्कमा पनि आक्रमण थालेको छ । उता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आत्मसमर्पण नगर्ने अडान दोहोर्याउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू