अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

अमेरिकामा बन्दुक विरुद्ध देशव्यापी प्रदर्शन, समर्थन गर्न उत्रिए राष्ट्रपति बाइडेन

बिआरटीनेपाल २०७९ जेठ २९ गते ६:५३ मा प्रकाशित

अमेरिकामा दिनप्रति दिन बन्दुक प्रहारका घटना बढ्दै गएपछि व्यक्तिले बन्दुक राख्न पाउने कानूनी अधिकारमा कडाई गर्न माग गर्दै देशव्यापी प्रदर्शन भएको छ ।

पछिल्लाे दुई साता यतामा भएका अन्धाधुन्द गोली प्रहारले निर्दोष ब्यक्तिहले ज्यान गुमाएपछि कडा कानूनको माग गर्दै दशौं हजार मानिस सडकमा ओर्लिएका हुन् । “म बन्दुक प्रहारबाट बच्न चाहन्छु” भन्ने प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू देशैभरी सडकमा उत्रिएपछि राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गर्नुभएको छ । राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती सम्बन्धि कानून संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान समेत गर्नुभएको छ ।

गन सेफ्टी ग्रुपको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले अब राजनीतिकर्मीलाई चूपचाप बस्न नदिने भन्दै बालबालिकाहरूले राजनीतिज्ञहरूलाई झम्टिने दिन नआओस भन्ने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू