अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

भारतीय अभिनेता सलमानमाथि गोली हानी हत्या प्रयास

बिआरटीनेपाल २०७९ जेठ २७ गते ८:१३ मा प्रकाशित

बलिउड अभिनेता सलमान खानमाथि गोली हानी हत्याको प्रयास भएको छ । ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् ।

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन् । लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए । सलमान खान र ग्याङस्टर लरेन्स बिस्नोइका नाइके जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ ।

समाचारअनुसार अन्तिम समयमा सलमानलाई गोली हान्ने निर्णयबाट सार्पसुटरले पछि हटेका थिए । त्यस दिन बिहान सलमान सधैँझै आफ्नो निवासको कम्पाउन्डमा साइक्लिङ गरिरहेका थिए । उनको छेउछाउ कुनै बडीगार्ड पनि थिएनन् । हक्कीको ब्यागमा बन्दुक बोकेका सार्पसुटर सलमानमा बाहिर ढुकेर बसेका थिए । सलमान गेटबाट निस्कनासाथ गोली हान्ने उनीहरूको तयारी थियो । तर, ठिक त्यही बेला मुम्बई पुलिसको एउटा टिम सलमानको गेटमै आइपुग्यो । त्यस दिन सलमानको एउटा कन्सर्ट भएकाले उनलाई स्कर्टिङका लागि प्रहरीको टोली आएको थियो । अचानक प्रहरीलाई देखेपछि सार्पसुटर हच्किए । उनीहरूले अहिले गोली नहान्ने निर्णय गरेर फर्किएको समाचारमा जनाइएको छ ।

केही दिन अगाडि मात्रै सलमान खान र उनका पितालाई ज्यान मार्ने धम्कीसहितको पत्र भेटिएको थियो । सलमानका पिता सलिम खानले मर्निङ वाकपछि आराम गर्ने क्रममा बेन्चमै सो पत्र भेटेका थिए । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त पत्र पनि विष्णोइ समूहले नै पठाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू