अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौँ वार्षिक सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७९ जेठ ८ गते २०:४४ मा प्रकाशित

युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौँ वार्षिक सम्मेलन “नेपालको विद्यालय शिक्षामा सुधार: स्थानीय र विश्वव्यापी दृष्टिकोण” विषयमा केन्द्रित विमर्शका साथ शनिवार सम्पन्न भएको छ । कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, डा. पार्वती ढुङ्गाना र डा. कटक मल्लको प्रस्तुतीकरण रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठले सङ्घीय नेपालको संरचनामा के कसरी काम गर्न खोजिँदै छ भन्ने बारेमा मन्तव्य राख्नु भएको थियो ।

सेन्टरका अध्यक्ष डा. राजन पन्तको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको कामका बारेमा डा. देशराज संयोक, र हिजोको अनुभव र भोलिको बाटोको बारेमा संस्थापक अध्यक्ष डा. आमोद पोख्रेलले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन जगदम्बा अधिकारी र तरुण पौडेलले गर्नुभएको थियो ।

विज्ञहरूको प्रस्तुति र प्रश्न उत्तर, छलफल शैलीमा कार्यक्रम भएको थियो । संथाको संरचना, नयाँ नेतृत्व, भावी कार्यक्रमहरूका बारेमा छ महिना भित्र शृखलावद्द छलफल गरी तय हुने सहमति भएको जनाइएको छ । युएस-नेपाल पोलिसी रिसर्च सेन्टर अमेरिकामा सात वर्ष देखि नेपाल र नेपाली सम्बन्धी विषयहरूमा नीति र अनुसन्धान क्षेत्रमा कृयाशिल रहदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू