अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा काेराेना सङ्क्रमण

बिआरटीनेपाल २०७९ वैशाख २५ गते ८:०६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार १० जनाको नमुना परीक्षण गर्दा १७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय एक जनामा झरेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।  यसैबीच थप २२ हजार एक सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू