अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

सत्ता गठबन्धन निकटका पत्रकार सङ्गठनलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

बिआरटीनेपाल २०७९ वैशाख २५ गते ८:०७ मा प्रकाशित

निर्वाचन आयोगले सत्तारूढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार सङ्गठनसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहितामा रहेको सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था विपरीत काम गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

गठबन्धनमा आबद्ध दल निकट पत्रकारका सङ्गठनले हिजो शनिवार विज्ञप्ति निकालेर गठबन्धनका उम्मेदवारलाई मतदान गर्नका लागि आग्रह गरेका थिए । उनीहरूलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर त्यही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेले जानकारी दिनुभयो ।

आयोगले नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार सङ्घलाई निर्देशन दिएको हो । आयोगले त्यसरी विज्ञप्ति निकाल्नु निर्वाचन आचारसंहिता विपरीत र पत्रकारिताको आचारसंहिता विपरीत हुन्छ कि हुँदैन भनेर सोधेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू