अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

चुनाव प्रचारको क्रममा सगुन भन्दै ‘विष’ दिइयो, सचेत रहनु : प्रहरी

बिआरटीनेपाल २०७९ वैशाख २५ गते ८:०३ मा प्रकाशित

चुनावको समयमा प्रसाद वा सगुन भन्दै शरीरलाई हानी पुर्‍याउने खानेकुरा खुवाउने गरेको पाइएको भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज आइतवार सार्वजनिक सूचना निकालेर राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा नचिनेका मानिसले सगुन वा प्रसाद भन्दै खुवाएका अखाद्य बस्तुले बेहोस हुने र चक्कर लाग्ने लगायतका घटना भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

यस्ता प्रकारका घटनाबाट सुरक्षित रहनका साथै कतै यस्तो घटना भएमा तत्काल प्रहरीलाई खबर गर्न सूचनामा भनिएको छ ।  आज सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू मिठाइ खाएपछि बिरामी परेका थिए ।

प्रतिक्रिया