अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

राष्ट्रपति भण्डारीद्वारा २ वटा अध्यादेश जारी

बिआरटीनेपाल २०७९ वैशाख २५ गते ८:०३ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्नुभएको हो ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उहाँले दुई अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया