अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

शेयर बजार ४८ अङ्कले घट्यो

बिआरटीनेपाल २०७९ वैशाख १९ गते ८:१४ मा प्रकाशित

हप्ताको पहिलो कारोबार दिन आज सोमवार शेयर बजार परिसूचक नेप्से झन्डै ४९ अङ्कले घटेको छ । आज नेप्से ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय सात दशमलव ४४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले घटेको छ ।

शेयर बजार घटेको दिन दुई सय २८ कम्पनीका ३९ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ४२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४७ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज नेपाल फाइनान्स लिमिटेडको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया