अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

उद्याेग वाणिज्य महासंघद्वारा लाेडसेडिङ भएकाे प्रति नेपाल विद्युुत प्राधिकरणकाे ध्यानाकर्षण

बिआरटीनेपाल २०७९ वैशाख १८ गते ७:१९ मा प्रकाशित

चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले सरकार र नेपाल विद्युुत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । लामो समय विद्युत कटौती, ट्रिप्लिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सरकार र नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो ।

नियमित विद्युत आपूर्ति नहँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र साँवा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएकोतर्फ महासंघले सरकार र नेपाल विद्युत प्राधिकरणको गम्भीर ध्यानाकर्षण गरीएको छ ।

प्राधिकरणले जुनसुकै मूल्यमा पनि भारतबाट विद्युत खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिन महासंघको माग रहेको छ ।

प्रतिक्रिया