अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

३६ अङ्कले घटेर शेयर बजार राताम्मे, १ अर्ब ४५ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७९ वैशाख ७ गते ७:०५ मा प्रकाशित

शेयर बजार आज बुधवार ३६ अङ्कभन्दा धेरैले घटेको छ । हिजो मङ्गलवार १३ अङ्कले बढेको नेप्से आज ३६ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय २० दशमलव ५१ विन्दुमा झरेको हो ।

सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, बीमा, होटल र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २८ कम्पनीका ३५ लाख ७० हजार कित्ता शेयर एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको १४ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले तथा हिमालयन ऊर्जा विकास कम्पनी, तेह्रथुम पावर र युनियन हाइड्रो पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि ग्रीन भेन्चर्स कम्पनी र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया