अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

शेयर बजारमा ४२ अंकले गिरावट, कारोबार डेढ अर्ब

बिआरटीनेपाल २०७९ वैशाख ५ गते ६:२० मा प्रकाशित

सोमबार पनि शेयर बजारमा बियरिस ट्रेण्ड जारी रह्यो । बजार परिसूचक नेप्से ४२ अंक बराबरले ओरालो लागेर २३ सय ४३ मा आएर थामियो ।सबै समूह राताम्मे रहँदा कारोबार पनि डेढ अर्ब हाराहारीबाट माथि उठ्न सकेन । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च साढें ३ सय अंक हाराहारीको गिरावट आउँदा जीवन बीमा समूह पनि साढें २ सय अंक बढीले ओरालो लाग्यो ।

उत्पादनमूलक समूह पनि सय अंक हाराहारीले झर्यो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता शेयर जम्मा १ अर्ब ५३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ८२ कम्पनीको शेयर मूल्य घट्दा जम्मा ११ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया