अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

सुनचाँदीको आपूर्ति बैकल्पिक व्यवस्थाबाट गर्न व्यवसायीको आग्रह

बिआरटीनेपाल २०७९ वैशाख ४ गते ८:२५ मा प्रकाशित

सुनचाँदी व्यवसायीले सुनचाँदी आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।सुनचाँदीको आपूर्ति ठप्प भएपछि आपूर्तिको बैकल्पिक ब्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामुहिक रुपमा आग्रह गरका हुन् ।

अत्यावस्यक वस्तुवाहेक अन्यवस्तुहरुको एलसी नखोल्ने बैंकहरुको गत साताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ ।आपूर्ति ठप्प हुँदा यस क्षेत्रमा आवद्ध २० औं हजार व्यवसायी तथा लाखौं कालिगढको रोजिरोटी नै संकटमा पर्न गएको तथा आम उपभोक्ताको अधिकार कुण्ठित भएको भन्दै आपूर्तिको विकल्प खोज्न सरकारसँग आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको संचिती घटेको अहिलेको अवस्थामा बैंकहरुवाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई सुचालु राख्न बैकल्पिक ब्यवस्था अलवम्वन गर्नु पर्ने खाँचो औंल्याउनुभयो । बिदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्नेगरी आन्तरिक स्रोत र अन्य बैकिल्पिक ब्यवस्था अवलम्वन गरी अहिलेको गर्जो टार्न सकिने उहाँको भनाई छ । नेपाल हस्तकला ब्यवसायी महासंघका अध्यक्ष प्रचण्ड शाक्यले कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फि समस्या आएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया