अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

ललितकलालाई राज्यले अझै प्रभावकारी बनाउनुपर्छ : उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७९ वैशाख २ गते ७:३८ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ । शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रर्दशनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरूप्रति सम्मान र उनीहरूको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताउनुभयो ।

विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न पनि ललितकलाको माध्यमबाट योगदान पुर्याउँदै जानुपर्ने आवश्यक्ता रहेको उहाँको भनाइ छ ।अरनिकोलगायतका ललितकलाका पुञ्जहरूले आफ्नो कलाको माध्यामबाट विश्वसामू नेपाललाई परिचित गराएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने स्पष्ट पार्नुभयो । ललितकलाले नेपालको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उहाँले बताउनुभयो ।

उपराष्ट्रपति पुनले ललितकला प्रज्ञा प्रतिष्ठानलाई पनि ललितकलाका कलाकारहरूको समस्या र चुनौतिहरूलाई समाधान गर्दै अघि बढ्नका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू