अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी विदुर खड्का नियुक्त

बिआरटीनेपाल २०७९ वैशाख २ गते ७:३५ मा प्रकाशित

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । खड्कालाई ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

खड्कालाई संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरू तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरू लगायतका विभिन्न सूचनाहरू प्रवाह गर्ने जिम्मेवारी दिइएको छ ।

सरकारले बुधबार मात्र केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा बढुवा गरेको थियो । उहाँ १९ दिनका लागि मात्रै सशस्त्रको प्रमुख हुनुहुनेछ । त्यसपछि ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू