अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

नेपालमा थप १५ जनामा कोरोना भाइरस पुष्टि

बिआरटीनेपाल २०७९ वैशाख २ गते ७:२२ मा प्रकाशित

नेपालमा कोरोनाबाट थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय ३ जनामा गरिएको परीक्षणमा १५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ संक्रमित संक्रमणमुक्त भएका छन् । यसदिन देशभर ७ हजार ८ सय ९४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । देशभर ४ सय ३८ जना आइसोलेसनमा रहँदा संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू