अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

माओवादी अध्यक्ष प्रचण्ड र विप्लवको पार्टीका शीर्ष नेताबीच भेट

बिआरटीनेपाल २०७९ वैशाख १ गते ७:३१ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताद्वय हेमन्त प्रकाश ओली र धर्मेन्द्र वास्तोलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । नयाँ वर्षको अवसर पारेर ओली र वास्तोलाले बिहिबार बिहान प्रचण्ड निवास खुमलटारमा गएर अध्यक्ष प्रचण्डलाई भेट गरेका हुन् । ओली र बास्तोला विप्लव नेतृत्वको नेकपाको सचिवालय सदस्य हुन् ।

भेटका बारेमा बास्तोलाले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिदै प्रचण्डसँग नयाँ बर्ष २०७९को शुभकामना सहित आफ्नो पाटीृका बन्दीहरू रिहाईकालागि छलफल भएको उल्लेख गर्नु भएको छ । त्यसैगरी लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँग भेट गरेर स्वास्थ्य लाभको कामना गरेको पनि बास्तोलाले जनाउनु भएको छ । विप्लव नेतृत्वको नेकपामा एउटा पक्ष स्थानीय तहको निर्वाचनमा पार्टीले भाग लिनुपर्छ भन्नेमा छ भने अर्काे पक्ष निर्वाचनमा भाग लिनु हुँदैन भन्नेमा छ ।

ओली र बास्तोला निर्वाचनमा भाग लिन नहुने पक्षमा रहेका छन भने चन्द र नेता खड्ग बहादुर विश्वकर्मा भने पार्टीले निर्वाचनमा भाग लिनु पर्छ भन्ने पक्षमा छन् । चन्द र विश्व कर्माले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु भएको थियो । त्यसको भोलीपल्ट ओली र बास्तोलाले प्रचण्डसँग भेट गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू