अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर

बिआरटीनेपाल २०७८ चैत १४ गते ८:०८ मा प्रकाशित

काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । काठमाण्डौमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।

विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ । एक्यूआई एक सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ ।

नेपालको पोखरा, सिमरा, भरतपुर, धनकुटालगायतका ठाउँमा पनि वायु प्रदूषण मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू