अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

उद्योगमा लोडसेडिङ समाधान गर्न घिसिङलाई अर्थमन्त्री शर्माको निर्देशन

बिआरटीनेपाल २०७८ चैत ११ गते ८:२७ मा प्रकाशित

उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न अर्थमन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनुभएको छ । व्यवसायीहरुले उद्योग, कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री शर्माले तत्कालै घिसिङलाई फोन गरी उक्त निर्देशन दिनुभएको हो ।

हाल देखिएको समस्या तत्काल सम्बोधन गरी उद्योग, कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न निर्देशन दिनुभएको हो । अर्थ मन्त्रालयमा वीरगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारीहरुले मन्त्री शर्मालाई भेट गरी आफ्ना गुनासो राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू