अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

अब माओवादी ’ब्रान्ड’ समातेर देश विकास हुँदैन- डा. भट्टराई

बिआरटीनेपाल २०७८ चैत ११ गते ८:२१ मा प्रकाशित

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी ब्रान्ड समातेर देश विकास नहुने बताउनुभएको छ । आज शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाण्डौमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

भट्टराईले समय धेरै फेरिसकेको भन्दै अब माओवादीका नेताहरूलाई अब आर्थिक विकास र समृद्धिको बारेमा सोच्न पनि सुझाव दिनुभयो । यस्तै नेता भट्टराईले अर्थतन्त्रलाई तथ्याङ्कको खेलबाट मुक्त गर्न युवा अर्थशास्त्रीहरूलाई सुझाव दिनुभयो । उहाँले नेपालको अर्थतन्त्र कसरी यस्तो भयो, कसरी समाधान गर्ने भन्ने कुरा सोच्न आवश्यक रहेको पनि बताउनुभयो ।

भट्टराईले अर्थतन्त्रलाई तीव्र गतिले रूपान्तरण गर्नका लागि औद्योगिक रूपान्तरण गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

 

प्रतिक्रिया