अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजारभन्दा तल

बिआरटीनेपाल २०७८ चैत ११ गते ८:१७ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा तल झरेको छ । महामारीको तेस्रो लहर उत्कर्षमा पुग्दा गएको माघ १३ गते ९० हजार पाँच सय नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै आज शुक्रवार एक हजार नौ सय ६० मा झरेको हो । पछिल्लो २४ घण्टामा दुई सय ७१ जना निको भए ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ४२ जनाको नमुना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यसैबीच पछिल्लो २४ घण्टामा ६४ हजार तीन सय ४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू