अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

शेयर बजार झन्डै १५ अङ्कले घट्यो, २ अर्ब २७ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७८ चैत ६ गते ७:५० मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १४ दशमलव ६७ अङ्कले घटेर दुई हजार ६ सय १६ दशमलव ५८ विन्दुमा झरेको छ ।आज लगानी समूहबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २४ वटा कम्पनीका ४२ लाख ८७ हजार कित्ता शेयर दुई अर्ब २७ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मैलुङ खोला जलविद्युत्, शिवश्री हाइड्रो, प्रभु लाइफ इन्सुरेन्स र एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया