अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

रसुवा नाकाबाट नेपाल भित्रने सामाग्रीको आयातमा वृद्धि

बिआरटीनेपाल २०७८ चैत ३ गते ७:०७ मा प्रकाशित

रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्धि भएको छ । आयात बढाउन केही दिनअघि रसुवा र केरुङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुसार सामान आयातको परिमाण बढ्न थालेको हो ।

कोरोना संक्रमणका कारण विगतदेखि घटेको आयात वृद्धि गराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी र सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो ।दैनिक नौ कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि वृद्वि भएर १४ का दरले रसुवागढी आइपुगेको छ । यो परिमाण निरन्तर रुपले अगाडि बढ्ने बताइएको छ ।

नेपाली व्यवसायीको माग बमोजिम आयात हुने माल सामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर रसुवागढी ल्याउन चिनियाँ अधिकारीले प्रतिबद्धता गरिसकेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । दैनिक १४ चिनियाँ ठूलो कन्टेनरले ल्याएका सामग्री नेपाली २८ कन्टेनरमा पल्टिहुने र ५०÷६० भन्दाबढी मजदूरलेसमेत रोजगारी पाउने बताइएको छ ।

प्रतिक्रिया