अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

स्थानीय तहको निर्वाचनका लागि बजेट विनियोजन, कुल खर्च २० अर्ब रुपैयाँ बराबर

बिआरटीनेपाल २०७८ चैत १ गते ८:२७ मा प्रकाशित

अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले गृह मन्त्रालयका लागि ६ अर्ब २९ करोड, निर्वाचन आयोगका लागि ८ अर्ब ११ करोड तथा राष्ट्रिय अनुसन्धान विभागका लागि ३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका प्रवक्ता ढुुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । सेनाका लागि भने बजेट विनियोजन भइ नसकेको पनि जानकारी दिनुभयो ।

निर्वाचनका लागि २० अर्ब बराबरको बजेट विनियोजन हुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि छुट्टै बजेट भने विनियोजन गरेको थिएन । तर, निर्वाचनका लागि विविध शीर्षकमा भएको बजेटले धान्ने अवस्था भए सोहीबाट अन्यथा अन्य शीर्षकबाट रकमान्तर गर्नुपर्ने अवस्था रहेको निरौलाले बताउनुभयो ।

सरकारले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । यदि दुई चरणमा निर्वाचन भयो भने करिब ४० प्रतिशतले खर्च बढ्ने स्थिति रहेको पनि खुलासा गर्नुभयो । अघिल्लो स्थानीय तहको चुनाव (२०७४) मा १८ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको थियो ।

प्रतिक्रिया