अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

नेप्सेमा दोहोरो अंकको ओरालो

बिआरटीनेपाल २०७८ चैत १ गते ८:०१ मा प्रकाशित

कारोबार हुने साताको तेस्रो दिन पनि सेयर बजार परिसूचक दोहोरो अंकले आरालो लागेको छ । सोमबार ठूलो उतारचढावका बीच सामान्य अंकले घटेको सेयर बजार मंगलबार पनि १७ दशमलव १५ अंकले घटेर २ हजार ६ सय ६० दशमलव ९७ विन्दुमा आइपुगेको छ । दिउँसो साढे १२ मा नेप्से २ हजार ६ सय ३६ को विन्दुमा पुगेर पौने १ बजे पुन उकालो लागेको थियो ।

‘क’वर्गका कारोबार गर्ने कम्पनीहरूको सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव २६ अंकले घटेर ५ सय २ दशमलव ५९ विन्दुमा छ ।यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा, जीवन बीमा र म्युचल फण्डबाहेकका सबै समूहका उपसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा १ सय २ अंकले बढ्दा सबैभन्दा बढी उत्पादन समूह १ सय ४ अंकले घटेको छ ।

यस दिन इनर्जिङ नेपाल लिमिटेडको सेयर १० प्रतिशतले बढ्दा सबैभन्दा बढी नेपाल टेलिकमका लगानीकर्ताले ५ प्रतिशतले गुमाएका छन् । सगरमाथा इन्स्योरेन्स, सोल्टी होटल, युनाइटेड आइडीआई मार्दी हाइड्रोपावर लगायतका कम्पनीले ५ प्रतिशतभन्दा बढीले कमाएका छन् । मंगलबार नेपाल टेलिकमको २ लाख ३ हजार ९८ कित्ता शेयर ३४ करोड २३ लाख ५७ हजार १ सय ९४ रुपैयाँमा कारोबार भएको छ । यो नै यसदिनको सबैभन्दा ठूलो कारोबार हो ।

यस दिन २ सय २९ कम्पनीका ६५ लाख २९ हजार २६ सेयर कित्ता किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १ सय ७५ रुपैयाँको कारोबार भएको छ । यस दिन ५१ कम्पनीले कमाउँदा १ सय ३० कम्पनीले गुमाएका छन् भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया