अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

नेपाल पर्वतारोहण संघद्वारा ३ हजार १२५ पर्वतारोहीहरुलाई राहत सामग्री प्रदान

बिआरटीनेपाल २०७८ फागुन १६ गते ६:२५ मा प्रकाशित

निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ ।सोमवार नेपाल पर्वतारोहण संघको प्रांगणमा भएको कार्यक्रममा ३ हजार १ सय २५ जना पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको हो ।

कोरोना भाइरसका कारण समस्यामा परेका पर्वतारोहीहरुलाई राहत सामग्री वितरण गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले आजबाट कोरोनाका कारण समस्या परेका आरोहीहरुलाई राहत सामग्री उपलब्ध गराउन शुरु गरेको बताउनुभयो । अध्यक्ष लामाले ढिलो गरेर शुरु भएपनि पर्यटन मजदुरको लागि भइरहेको सहयोग धेरै राम्रो भएको बताउनुभयो ।

त्यस्तै, एकीकृत पर्यटन श्रमीक संगठन नेपालको केन्द्रिय महासचिव टीकाराम नेपालीले पर्वतारोहीहरुलाई गरिएको राहतले खुशी थपेको बताउनुभयो । उहाँले पहिल्यैबाट हुनुपर्ने काम ढिलो गरेर शुरु गरेको भएपनि यसले समस्यामा परेका पर्वतारहीहरुलाई केही राहत दिने बताउनुभयो । महासचिव नेपालीले राहत सामग्री दिनुभन्दा रकम दिएको भए झनै समस्यामा परेका पर्वतारोहीहरुले आवश्यक ठाउँमा त्यसको सदुपयोग गर्नसक्ने बताउनुभयो ।

प्रतिक्रिया