अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

एमसीसी नेपालको लागि खतरा छ, हामी विपक्षमा रहन्छाैँ : दुर्गा पौडेल

बिआरटीनेपाल २०७८ फागुन १५ गते ५:२७ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी सहायता एमसीसी नेपालको राष्ट्रिय, सार्वभौकिकता र राष्ट्रिय हितको विरुद्धमा रहेको दाबी गर्नुभएको छ ।

एमसीसीबारे संसदमा भइरहेको छलफलमा उहाँले राष्ट्रिय जनमोर्चाले यसलाई अस्वीकार गर्ने पनि बताउनुभयो । एमसीसीसँग नेपालको राष्ट्रिय हितमा आँच पुग्ने स्वार्थ जोडिएकाले यसलाई पारित गर्न नहुने पौडेलको भनाइ छ ।

अमेरिकी उपविदेशमन्त्रीले सन् २०१९ मा नेपाल भ्रमण गर्दा नै एमसीसी इन्डो प्यासिफिक रणनीति नै भएको वक्तव्य दिएकाले यसलाई नेपालले स्वीकार्न नहुने उहाँले बताउनुभयाे । नेपालले सैनिक उद्देश्यका लागि अनुदान सम्झौता गर्नु नेपालको लागि खतरा हुने पौडेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू