अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

संसदमा एमसीसीमाथिको छलफल जारी, प्रत्येक नेतालाई ५ मिनेट समय

बिआरटीनेपाल २०७८ फागुन १५ गते ५:१६ मा प्रकाशित

प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसदलाई पाँच मिनेट समय दिनुभएको छ । छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीमाथि दलहरूबीच व्याख्यात्मक टिप्पणीसहितको घोषणा गर्ने सहमति भएको भन्ने सुनिएको र त्यसलाई सार्वजनिक गर्नुपर्ने बताउनुभयो । नेपालको अहितमा रहेका विषयलाई सच्याएमा एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन सक्ने उहाँको भनाइ थियो ।

संसदमा नाराबाजी गरिरहेको एमालेका सांसद भीम रावलले पनि एमसीसी सम्झौताका केही बुँदा राष्ट्रहित विपरित रहेको बताउनुभयो । यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीसँगै नेपालको सार्वभौमसत्तामाथि नै आघात हुन्छ भन्ने नेपाली जनताको चासो स्वभाविक भएको बताउनुभयो । जनताको आवाज र चिन्ता सदन र नेताहरुले सुन्नुपर्ने उहाँँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू