अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

जनतामा सही सूचना प्रवाह गर्न जनप्रतिनिधीको भूमिका महत्वपूर्ण – अध्यक्ष तिमिल्सिना

बिआरटीनेपाल २०७८ फागुन १० गते ६:५८ मा प्रकाशित

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता सम्बन्धी कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तरकृया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोभिड– १९ को सङ्क्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले यसबारे जानकारी राख्नुपर्ने बनाउनुभयो । उहाँले आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिड विरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू