अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

लक्षित समूहको १२ वर्षभन्दा माथिका ६५ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बिआरटीनेपाल २०७८ फागुन १० गते ६:५६ मा प्रकाशित

नेपालमा लक्षित समूहको १२ वर्षभन्दा माथिका ६५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । गत २४ घण्टामा १ लाख ७ हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै १२ वर्षभन्दा माथिको उमेर समूहका लक्षित वर्ग ३४ लाख ५ हजार ४ सय ५५ जनामध्ये ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो समूहको ८८ प्रतिशतले भने एक मात्रा मात्र खोप लगाएका छन् । यस्तै १८ वर्षमाथिको लक्षित समूह १ करोड ९९ लाख २२ हजार १ सय ६४ मध्ये ९० दशमलव ९ प्रतिशतले एक मात्रा खोप लगाउँदा ७७ दशमलव ४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । कुल जनसंख्याको भने ७३ दशमलव ४ प्रतिशतले एक मात्रा र ६० दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू