अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

नेपालमा थप ४ सय ७६ जनामा कोरोना पुष्टि हुँदा ८ सय ३१ जना निको

बिआरटीनेपाल २०७८ फागुन १० गते ६:५५ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडिटी गरी ९ हजार ४ सय २४ जनाको नमुना परीक्षण गरिएकोमा ४ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गएका छन् । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९ सय २८ जना पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ८ सय ३१ जना सङ्क्रमणमुक्त भएको छन् । अब नेपालमा १० हजार ७ सय ४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

थप १ लाख ७ हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै नेपालमा ३ करोड ७१ लाख २१ हजार १ सय ९६ मात्रा खोपको प्रयोग भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू