अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

एमसीसीमा विपक्षमा मतदान गरे गठबन्धनसंग सत्ता सहकार्य गर्न नसकिने काँग्रेसको निष्कर्ष

बिआरटीनेपाल २०७८ फागुन १० गते ६:५४ मा प्रकाशित

नेपाली काँग्रेसले सत्ता साझेदारमा रहेका गठबन्धनभित्रका दलहरूले एमसीसी पारित गराउन नसघाएको खण्डमा थप सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा रहने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरूसँग वास्तममा त्यसो भएको खण्डमा थप सहकार्य नहुने नेपाली काँग्रेसले प्रष्ट पारेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शिर्ष नेताहरूसँग आन्तरिक छलफल गर्दै एमसीसीको पक्षमा मत नदिने दलसँग सत्ता सहकार्य हुन नसक्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनका ५ दलमध्ये काँग्रेसमात्रै एमसीसी पारित गर्ने पक्षमा उभिएको छ । नेकपा माओवादी केन्द्रले संसदमा टेबल हुनै नदिने, टेबल गरिए सरकार छाड्ने निर्णय संसदीय दलको बैठकबाट गरिसकेको छ । तर पनि भित्रभित्रै यसलाइ पारित गर्ने संझौता भएको आरोप माओवादी केन्द्रलाइ लाग्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू