अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

नेपाल बार एशोसिएसनको निर्वाचन चैत १९ का लागि तय

बिआरटीनेपाल २०७८ फागुन ९ गते ७:०३ मा प्रकाशित

नेपाल बार एशोसिएसनले निर्वाचनको मिति तय गरेको छ । बारले चैत १९ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।बारको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार निर्वाचन देशभर एकसाथ सम्पन्न हुने छ ।समितिका अनुसार चुनावमा एक जना अध्यक्ष, आठ जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने तथा फागुन १३ गते नामावलीमा दाबी विरोध गर्ने कार्यतालिका बनाइएको छ ।अन्तिम नामावली फागुन २० गते प्रकाशित गर्ने र फागुन २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको समितिको कार्यतालिकामा जनाएको छ । फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरिने र चैत १९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू