अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

रामचन्द्र पौडेल र उपेन्द्र यादवबीच छलफल, एमसीसीमा ‘सैद्धान्तिक मतभेद’

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:५६ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको छ ।वरिष्ठ नेता पौडेलले सत्ता गठबन्धन जोगाउने बारेमा जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गर्नुभएको हो । उहाँले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताउनुभयो ।

एमसीसीको समस्या जटिल रूपमा आएको भन्दै नेता पौडेलले एमसीसीको कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको विकासको भविष्य के हुन्छ भन्ने विषयमा कुराकानी गरिएको उल्लेख गर्नुभयो ।एमसीसीको सम्बन्धमा जसपा अध्यक्ष यादवसँग सैद्धान्तिक मतभेद नदेखिएको उहाँको भनाइ छ । अध्यक्ष यादवले फागुन १३ गते पार्टीको बैठक राखेर एमसीसी बारे निर्णय लिने बताएको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ नेता पौडेलले एमसीसी सम्झौता संसदमा पेश भइसकेको सन्दर्भमा यसको निकासका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूसँग पनि कुरा गर्ने बताउनुभयो । एमसीसी सम्झौताको विषय अब सडकबाट नभइ संसदमा छलफल हुने उहाँले बताउनुभयो । राष्ट्रको ध्यान संसदतर्फ केन्द्रीत भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू