अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

बैतडीमा टिपर दुर्घटना हुँदा २ विद्यार्थी सहित ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:५४ मा प्रकाशित

बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पाटन नगरपालिका वडा नम्बर ३ को गुरुडादेखि धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नम्बरको ट्रिपर दुर्घटना हुँदा २ विद्यार्थी सहित ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि ७ जना घाइते भएको खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिनुभयो । घाइतेहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ । घटना दिउँसो साढे ४ बजे भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू