अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

साना २८ पार्टीले राष्ट्रिय मानव अधिकार आयोगमा बुझाए ज्ञापन पत्र

बिआरटीनेपाल २०७८ फागुन २ गते ६:४३ मा प्रकाशित

विभिन्न साना २८ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिन्ह पाउने वातावरण बनाउन पहल गर्न आग्रह गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’को प्रतिनिधि मण्डलले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर सहित उच्च अधिकारीहरूसँग भेट गरी ज्ञापन पत्र बुझाएको हो ।

स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी भएको र यसले नागरिक हक अधिकारको समेत उपेक्षा गरेको ठहर ज्ञापनपत्रमा गरिएको छ । ज्ञापन पत्र बुझ्दै आयोगका अध्यक्ष मगरले सङ्घर्ष समितिले बुझाएको ज्ञापन पत्रको थप अध्ययन गरी आयोगको अधिकार क्षेत्रभित्र रहेर निर्वाचन आयोग र नेपाल सरकारलाई आवश्यक सिफारिस गर्ने बारेमा उपयुक्त निर्णय गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू