अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

भारतको कर्नाटकमा बुर्का लगाएका छात्रामाथि दुर्व्यवहार, तीन दिनसम्म स्कुल बन्द

बिआरटीनेपाल २०७८ माघ २६ गते ५:४६ मा प्रकाशित

भारतको कर्नाटक राज्यमा बुर्का लगाएर कलेज गएका छात्रामाथि दुर्व्यवहारको घटनापछि त्यहाँका स्कुल र कलेज तीन दिनका लागि बन्द गरिएको छ । कर्नाटकको माड्यास्थित दुईवटा कलेजमा बुर्का लगाएर कलेज आउन पाइँदैन भन्दै पहेँलो गम्छा ओढेका हिन्दु युवाहरुले उग्र नाराबाजी र प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बन्दै गएको थियो ।

उग्र प्रदर्शनका कारण एक कलेज प्रशासनले सबै छात्रालाई कलेजबाट बाहिर जाने आदेश दिएको थियो । यसैबीच पाकिस्तानकी प्रख्यात महिला अधिकार कार्यकर्ता तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले सो घटनालाई भयावह बताउनु भएको छ ।

उहाँले एक ट्वीट गर्दै मुस्लिम महिलामाथिको उपेक्षा भावलाई रोक्न भारतीय नेताहरुसँग अपिल गर्नु भएको छ । यसैबीच त्यहाँका कलेज प्रशासनले विद्यार्थीहरुले कलेज ड्रेस लगाउनु पर्ने भन्दै बुर्का र भगवा बस्त्र लगाएर आउन नपाउने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू