अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

नेपालमा कोरोना सङ्क्रमणबाट थप १४ जनाको ज्यान गयो, ७ हजार ७ सय ७७ जना निको

बिआरटीनेपाल २०७८ माघ २६ गते ५:२९ मा प्रकाशित

कोरोना सङ्क्रमणका कारण नेपालमा थप १४ जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्ला केही दिनयता नयाँ सङ्क्रमित थपिने क्रम घटे पनि ज्यान गुमाउनेको सङ्ख्या भने बढिरहेको छ । यस्तै २४ घण्टामा थप दुई हजार चार सय एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी १६ हजार तीन सय ५६ जनाको नमुना परीक्षण गर्दा २४ सय एक जनामा सङ्क्रमण देखिएको हो ।

यही अवधिमा सात हजार सात सय ७७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २८ हजार तीन सय ६९ पुगेको छ । अहिले ३० हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै २४ घन्टामा दुई लाख ४६ हजार सात सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार एक सय जनामध्ये ७३ दशमलव पाँच प्रतिशत अर्थात् एक करोड ४६ लाख ३५ हजार जनाले पूर्ण मात्रा खोप लगाएका छन् । ८८ दशमलव नौ प्रतिशत अर्थात् एक करोड ७७ लाख १६ हजार जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

यस्तै १२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख पाँच हजार चार सय बालबालिका रहेकामा ८३ प्रतिशत अर्थात् २८ लाख ४६ हजार तीन सय ९० जनाले एक मात्रा र ३७ प्रतिशत अर्थात् १२ लाख ५४ हजार दुई सय जना बालबालिकाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू