अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय : संयुक्त राष्ट्र सङ्घ

बिआरटीनेपाल २०७८ माघ २५ गते ७:१० मा प्रकाशित

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ।

राष्ट्र सङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइदिन पनि अपिल गरेको छ । यूनिसेफका प्रतिनिधिले हालै बालबालिकालाई राखिएका कारागारको भ्रमण गरी उनीहरुको अवस्थाबारे संयुक्त राष्ट्र सङ्घलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू