अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२
| Colorodo: 12:57
नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक बोलाएको छ । यही माघ २७ गते केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बोलाएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएको बारे जानकारी गराउनुभएको हो ।
उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएको छ।
पौडेलका अनुसार बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल हुने छ । साथै अधिवेशन हुन बाँकी १६ जिल्लाका बिषय पनि छलफलको एजेन्डा रहेको उहाँले बताउनुभयो । बैठकमा विविध विषयमाथि पनि छलफल हुने उहाको भनाइ छ ।