अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

बिआरटीनेपाल २०७८ माघ ७ गते ४:४६ मा प्रकाशित

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । माघ १५ गते गर्ने भनिएको अधिवेशन कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन स्थगित भएको कांग्रेस निर्वाचन समितिले विज्ञप्ति निकालेर जनाएको छ ।

स्थगित १६ जिल्लाको अधिवेशन अवस्था सामान्य बनेपछि नयाँ मिति तोक्ने केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू