अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

शेयरबजार झण्डै २१ अंकले बढ्यो – सात अर्ब ९० करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७८ माघ ३ गते ६:४४ मा प्रकाशित

पछिल्लो समय सकारात्मक लयमा रहेको शेयरबजार आज पनि बढेको छ । शेयरबजार परिसूचक नेप्से आज २० दशमलव ६९ अंकले बढेर दुई हजार नौ सय ४७ दशमलव ४४ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स र माइक्रो फाइनान्स समूहको शेयर घटेको छ । अरु समूहको शेयर बढेको छ । आज उत्पादन समूहको शेयर ९९ अंकले, जीवन बीमा समूहको शेयर ८० अंकले र जलविद्युत समूहको शेयर ५६ अंकले बढेको छ ।

आज एक करोड ४४ लाख कित्ता शेयर सात अर्ब ९० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्र्रो कम्पनीको ४४ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयर १० प्रतिशतले तथा सनराइज ब्लुचिप, सिँगटी हाइड्रो र सीईडीबी हाइड्रो कम्पनीको शेयर आठ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि स्टान्डर्ड चार्टड बैंक, समिट लघुवित्त र युनिलिभर नेपालको शेयर साढे दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू