अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

नेपालमा थप २३५ जनामा कोरोना भाइरस पुष्टि हुँदा २१२ जना सङ्क्रमणमुक्त

बिआरटीनेपाल २०७८ पुष १६ गते ७:४२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने २१२ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ४ हजार ८७९ जना रहेका छन् । जसमध्ये ४ हजार ६५१ जना होम आइसोलेसनमा रहेका छन् भने २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू