अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

एमाले पाटीपौवामा परिणत भइसक्यो : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ पुष १५ गते ६:४२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा ९एमाले० पार्टीको रूपमा नरहेको टिप्पणी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबीसमेत गर्नुभयो । बिहीवार काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्कसमेत गर्नुभयो । अध्यक्ष नेपालले एमालेमा केही गरौँ भन्ने भावनासमेत नरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र देशलाई समृद्ध बनाउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोेहोर्‍याउनुभयो । उहाँले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको सङ्गठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू