अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ

बिआरटीनेपाल २०७८ पुष १५ गते ५:५६ मा प्रकाशित

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई प्रहरीले पक्राउ गरेको छ ।लागु औषध कारोबारको आरोपमा बुधबार पोखराबाट उहाँलाई जिल्ला प्रहरी कास्कीको टोलीले पक्राउ गरेको हो ।

लागुऔषध कारोबारको सञ्जालमा मुछिएपछि लाउरेसहित चार जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

विहिबार विदाको दिन परेका कारण म्याद थपका लागि भोलीसम्म कुर्नुपर्ने भएकाले थप भन्न नमिल्ने तिवारीको भनाई छ । अन्तिम निष्कर्षमा पुगेपछि प्रेसमिट गरेरै विस्तृत विवरण बाहिर उहाँले बताउनुभयो ।

प्रतिक्रिया