अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

संसदको अवरोध हटाउन एमालेलाई उपेन्द्र यादवको आग्रह

बिआरटीनेपाल २०७८ पुष १३ गते ५:५९ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको अवरोध हटाउन एमालेलाई आग्रह गर्नुभएको छ । जसपा पश्चिम नवलपरासीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संसदको अवरोध हटाएर नागरिकता विधेयक पास गर्न एमालेलाई आग्रह गर्नुभएको हो ।

नागरिकता विधेयक पास हुन नसक्दा जन्मसिद्ध नागरिकका सन्ततीले नागरिकता पाउन नसकेको उहाँको भनाई छ । विगतको ओली सरकारले गरेको गल्ती अहिलेको गठबन्धन सरकारले व्यहोर्नु परेको भन्दै त्यसलाई क्रमशः सुधार्दै लैजाने अध्यक्ष यादवको भनाई थियो ।

राजनीतिक अस्थिरता र भ्रष्टचार हटाउन संसदिय प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको उहाँको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू