अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

नेपालमा ५ महिनामा ३१ वटा प्रेस स्वतन्त्रताका घटना, ५ घटनामा पत्रकार गिरफ्तार

बिआरटीनेपाल २०७८ पुष १३ गते ५:४८ मा प्रकाशित

नेपालमा गत पाँच महिना यता ३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार गत साउन १ गतेदेखि मंसिर मसान्तसम्म गिरफ्तारीका–५, कब्जारअवरोधका–२, आक्रमणका–२, धम्की र दुव्र्यवहारका–१२ र पेसागत असुरक्षाका–१० घटना रहेका छन् ।

प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख हेर्दा सबैभन्दा बढी बाग्मती प्रदेशमा १७ वटा घटना भएको छ । प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा २र२ वटा घटना रहेको छ । गत आर्थिक वर्षमा ६१ वटा प्रेस स्वतन्त्रता हननका घटना काउन्सिलमा अभिलेख भएको थियो । काउन्सिलले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख राख्ने साथै कतिपय घटनाका सम्बन्धमा विस्तृत अध्ययन एवं अनुगमन गर्दै आएको छ ।

प्रेस स्वतन्त्रता हननका घटनाबारे जानकारी गराउन प्रेस काउन्सिल नेपाल पत्रकार तथा मिडिया हाउसलाई पनि अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू