अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

कांग्रेसले १६ जिल्लामा अधिवेशन मिति तोक्यो

बिआरटीनेपाल २०७८ पुष १२ गते ७:१४ मा प्रकाशित

नेपाली कांग्रेसले जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा आउँदो पुस २७ गते अधिवेशन गर्ने भएको छ ।कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज सोमवार बसेको बैठकले जिल्ला कार्यसमिति चयन गर्न बाँकी जिल्लामा २७ गते अधिवेशन गर्ने निर्णय गरेको समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू