अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

मंगलबार र बुधबार देशभर वर्षा हुनसक्ने पुर्वानुमान

बिआरटीनेपाल २०७८ पुष १२ गते ७:०३ मा प्रकाशित

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली र तराईका भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । यस्तै हिमाली तथा उच्च पहाडी भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले भोली र पर्सि देशभर र सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू